राष्ट्रिय

शास्त्रीय संगीतकार कामतको निधनमा मधेश सरकारले आधा झण्डा झुकाउने

- विनय आजाद सिराह

मधेश प्रदेश सरकारले शास्त्रीय संगीतकार गुरुदेव कामतको निधनको शोकमा आधा झण्डा झुकाउने भएको छ ।

मधेश सरकारले पर्सी आइतबार आधा राष्ट्रिय झण्डा झुकाएर शोक प्रकट गर्ने निर्णय गरेको हो ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक शोक वक्तव्य जारी गर्दै कामतको निधन शोकमा आधा झण्डा झुकाउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले कामतको असामयिक निधनबाट स्तब्ध र मर्माहतभएकोसमेत उल्लेख गर्नुभएको छ । कामतले मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना र संस्कार उन्नयनका लागि संगीतविधालाई आजीवन अघि बढाएको पनि उहाँले वक्तव्यमा उल्लेख छ ।

मिर्गौलाको रोगबाट पीडित शास्त्रीय संगीतकार कामतको हिजो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको थियो ।