डोल्पामा ईलाका प्रशासन कार्यालय स्थापनाको ८ वर्षपछि नागरिकता वितरण सुरु
- सुर्खेतडोल्पाको दक्षिण पश्चिम भूभागमा रहेको इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण सुरु भएको छ ।
विसं २०७३ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालयबाट ८ वर्ष पछि नागरिकता वितरण सुरु भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले नागरिकता वितरण सुरु जानकारी दिनुभयो ।
उहाँका अनुसार ईलाका प्रशासन कार्यालय स्थापना भएपनि इन्टरनेट सहितको पूर्वाधारहरू नहुँदा सेवा प्रवाह हुन सकेको थिएन । निरन्तरको प्रयासबाट सेवा सुरु गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
जिल्ला प्रशासनको आग्रहलाई स्वीकार गरी नेपाल टेलिकमले डेडिकेटेड इन्टरनेट र लिजलाइन सेवा सहितका आवश्यक पूवार्धार जडान गरेको थियो ।