राष्ट्रिय

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८४ प्रतिशत मुद्दा फर्छौट

- विनोद घिमिरे धनकुटा

उच्च अदालत विराटनगर धनकुटा इजलासले गत आर्थिक वर्ष २०८०÷०८१ मा ८४ प्रतिशत मुद्दा फर्छौट गरेको छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलासको कार्यक्षेत्रका धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतमा रहेका २ हजार १ सय ८२ वटा मुद्दा फर्छौट भएका छन् । धनकुटा जिल्ला अदालतमा रहेका ६ सय ६७ मध्ये ५ सय १० वटा मुद्दा फर्छौट भएका छन् ।

तेह्रथुमले ४ सय २ मध्ये २ सय ७४, संखुवासभाले ५ सय ३९ मध्ये ४ सय १४ र भोजपुर जिल्ला अदालतले ५ सय ७४ मध्ये ४ सय ५६ मुद्दा फर्छौट गरेको हो ।

उच्च अदालत धनकुटा इजलासका मुख्य न्यायाधीश गणेश बरालले आफ्नो कार्यक्षेत्रका चार जिल्लामा सरकारबादी भएका र जबरजस्ती करणीका मुद्दा बढ्दो क्रममा रहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उच्च अदालत धनकुटा इजलास र संखुवासभा जिल्ला अदालतमा एक वर्ष पुराना कुनै पनि मद्दा फैसलाका हुन बाँकि नरहेको अदालतले जनाएको छ ।