सल्यानमा सय हेक्टर धानबालीमा काडेदार खपटे किराको प्रकोप
- सल्यानसल्यानको शारदा करिडोर आसपासमा रहेका खेतमा किसानले लगाएको धानबालीमा काडेदार खपटे किराको प्रकोप देखिएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर १, २, १३ र १४ मा सो प्रकोप देखिएको हो । यस्तै शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाको सिमानामा पर्ने चैबारज्युला लगायत क्षेत्रमा पनि धानबालीमा काडेदार खपटेकिराको प्रकोप देखिएको किसानले ताएका छन् ।
धानमा देखिएको सो किराको प्रकोपबाट ५ सय बढि किसान परिवार प्रभावित भएका छन् । सो क्षेत्रमा गत बर्ष पनि काडेदार रोगको प्रकोपबाट धानबालीमा किसानले क्षती ब्यहोरेका थिए ।
जिल्लाको एक सय हेक्टर बढि क्षेत्रफलमा लगाएको धानबालीमा काडेदार खपटे किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानका निमित्त. प्रमुख यामबहादुर रानाले बताउनुभयो ।
उहाँका अनुसार किराको प्रकोप नियन्त्रणका लागि कार्यालयले किसानलाई बिषादी उपलब्ध गराएको छ ।