घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु
- चितवनखाना खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।
भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका तनहुँ भिरकोटका ५९ वर्षीय छामबहादुर रानामगरको मृत्यु भएको हो ।
तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका १ गंगानगर आएका थिए ।
आज बिहान खाना खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताउनुभयो ।