तीन साताको अवधिमा गोरखामा ७३ जनामा डेंगी संक्रमण
- गोरखातीन साताको अवधिमा गोरखामा ७३ जनामा डेंगीको संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाको हिजोसम्मको तथ्याङ्क अनुसार सवैभन्दा वढी गोरखा नगरपालिकमा ४२, पालुङटार नगरपालिकामा १८, आरुघाट गाउँपालिकामा १० र अजिरकोट, गण्डकी र वारपाक सुलकोट गाउँपालिकामा १÷१ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
यसैबीच जिल्लामा साउन महिनामा मात्र ८२ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ । गोरखा नगरपालिकाको २०, पालुङटार नगरपालिकाको १८, भिमसेन थापा गाउँपालिकाको २ र आरुघाट गाउँपालिकाको ४२ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणवावु अर्यालले जानकारी दिनुभयो ।
डेंगी संक्रमणको जोखिम बढेपछि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि आग्रह गरिएको छ ।