तिलोत्तमा नगर क्षेत्रमा ४४ वटा सीसी क्यामेरा जडान
- भैरहवारुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सुरक्षा संवेदनशील क्षेत्रमा ४४ वटा उच्च प्रविधिका सीसी क्यामेरा जडान गरेको छ ।
नगरपालिका क्षेत्रमा हुने गरेका विभिन्न आपराधिक गतिविधि र सडक दुर्घटनाका घटनाको अनुसन्धान गर्न क्यामेरा जडान गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर भित्र गरिने व्यवसायिक सुरक्षा, सडक दुर्घटनाको न्युनीकरण तथा यात्रु सुरक्षा, नगरबासीको व्यक्तिगत सुरक्षा र आपतकालीन तथा बिपद् व्यवस्थापनका लागि तत्काल उद्धार गर्नकालागि सीसी क्योमरा जडान गरिएको जानकारी दिनुभयो ।
४० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएका ती सीसी क्यामेराले खिचेको दृष्य एक महिनासम्म रहने गर्छ । क्यामेराले खिचेको दृष्य कुनै सेवाग्राहीलाई आवश्यकता परेमा प्रहरीको सिफारिश सहित लिखित माग गरेमा उपलब्ध गराईने नगरपालिकाले जनाएको छ ।