मधेशका १९ पालिकामा आन्तरिक विवादले गाँउसभा अन्यौल
- काठमाडौंमधेश प्रदेशमा १९ वटा स्थानीय तहमा जनप्रतिनिधिहरुबीचको आपसी विवादले गाँउसभा अन्यौलमा परेको छ ।
गाँउपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार देशभरका ४ सय ६० गाँउपालिका मध्ये २३ गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।
ती मध्ये १९ वटा मधेश प्रदेशकै हुन् । मधेश प्रदेशको पर्सामा ४, बारामा १, सर्लाहीमा २, महोतरीमा २, धनुषामा ५, सिरहामा ३ र सप्तरीको २ गाउपालिकामा गाउँसभा भएको छैन ।
जनप्रतिनिधिबीच असमझदारी र कर्मचारीले समन्वय गर्न नसक्दा मधेश प्रदेशमा धेरै गाउपालिकामा गाँउसभा हुन नसकेको पाण्डेले बताउनुभयो । गाँउसभा हुन नसकेको गाँउपालिमा समन्वय गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आग्रह गरिएको महासंघले जनाएको छ ।