सुर्यविनायक-धुलिखेल सडक विस्तार कार्य सुस्त गतिमा
- काठमाडौंअरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सुर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार कार्य निकै सुस्त देखिएको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै २०७९ मंसिरबाट निर्माण सुरु भएको सो सडक खण्डको भौतिक प्रगति हालसम्म २७ प्रतिशत मात्रै भएको हो । १५ दशमलव ८ किलोमिटर दूरीको सडकखण्ड ४ लेनको बनाईँदैछ ।
बीपी राजमार्ग सञ्चालन पश्चात काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप बढेपछि त्यसलाई कम गर्ने उद्देश्यले विस्तार गर्न लागिएको सडक खण्डमा जग्गा अधिकरण र मुआब्जामा देखिएको समस्याले काम अघि बढ्न नसकेको सडक आयोजना कार्यालयले जनाएको छ ।
सो समस्या समाधान नभएपनि सडक वरपरका अन्य संरचना भने धमाधम निर्माण भइरहेका छन् । आयोजनाका प्रमुख राजेन्द्र प्रसाद दासले अहिलेसम्म पर्खाल, कल्भर्ट, नाली निर्माण र केही स्थानमा सव–बेससहितका संरचना निर्माणमा ८० प्रतिशत बढी काम भएको बताउनुभयो ।
निर्माण भएको २५ वर्षपछि सुर्यविनायक–धुलिखेल सडक विस्तार सुरु गरिएको हो । सडक निर्माणले गति लिन नसक्दा अहिले यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ ।