महोत्तरीमा ३३ केभी विद्युत प्रशारण लाइन विस्तारमा स्थानीयको अवरोध
- महोत्तरीमहोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा विद्युत लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् ।
बर्दिवास ४ स्थित गौशाला चोकबाट सुर्तिबिकास हुँदै तत्काल नेपाल पल्प एण्ड पेपर इन्ड्रस्ट्रीज प्रालिसम्म विस्तार कार्य अघि बढेपछि स्थानीयले अवरोध गरेका हुन् । स्थानीयको विरोध र अवरोध पछि शनिबार स्थितिलाई शान्त बनाउन प्रहरी परिचालन गरिएको थियो ।
स्थानीयले काम अघि बढाउन नदिएपछि गौशाला नगरपालिकाका मेयर दिपेन्द्र महतोको निर्देशनमा शनिबार विद्युुत विस्तारको काम स्थगित भएको विद्युत कार्यालयले जनाएको छ ।
१३ किलोमीटर क्षेत्रमा विस्तार गरिने लाइनमा ११ किलोमीटर विस्तार सकिएपछि रामनगर क्षेत्रमा काममा अवरोध भएको हो । नयाँ बनेको कागज कारखानाका लागि मात्रै नभई गौशालामा शवस्टेसन बनाउने गरि लाइन विस्तार गर्न लागिएको विद्यु्त कार्यालयले जनाएको छ ।
१ सय ५ फिटको सडक छेउबाट लाइन विस्तार गर्न लागिएकाले त्यसले बस्तीमा कुनै असर नपर्ने विद्युत प्राधिकरणको भनाई छ ।