पृथ्वीराजमार्गको मौवाखोला र चुम्लिङटारमा गएको पहिरो हट्यो
-पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको दुई स्थानमा खसेको पहिरो हटाएसँगै यातायात सञ्चालनमा आएको छ ।
बिहान सवा ८ बजेदेखि सडक दुईतर्फी नै खुलेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । इच्छाकामना गाउँपालिकाको दुई ठाउँमा पहिरो गएपछि कारण सडक अवरुद्ध भएको थियो । चुम्लिङटार मौवाखोलामा बिहान ७ बजेतिर खसेको पहिरोले यातायातका साधन बाटोमै रोकिएका थिए ।
यसैबीच, नवलपरासी पूर्वको दाउन्नेमा भने यातायात एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडकमा लेदो पन्छाएर एकतर्फी सवारी सञ्चालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद बहादुर पौडेलले बताउनुभयो । बुटवल नारायनगढ सडक बिस्तारका क्रममा खनिएको खाडल र डाइभर्सनको कारण सो सडकको यात्रा कष्टकर बन्ने गरेको छ ।