खोटाङमा पहिरोमा पुरिएर शिक्षिकाको मृत्यु
- काठमाडौंखोटाङमा पहिरोमा परि एक शिक्षिकाको मृत्यु भएको छ । रावाबेसी गाउँपालिका–३ लामीडाँडास्थित विश्वज्योति माविका कार्यरत ५७ वर्षीया साबित्रादेवी नेवारको पहिरोमा परि मृत्यु भएको हो ।
विद्यालय जाने क्रममा आज विहान पौने १० बजेको समयमा गएको पहिरोमा परेर नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार घटनास्थलमा ३०–३५ मिटरमाथिको दुरीबाट बाटोमा पहिरो खसेको छ ।
यसैबीच मनसुन सुरु भए यता भएका विभिन्न विपद्जन्य घटना परि हालसम्म १ सय ७१ जनाको मृत्यु भएको छ । जेठ २९ यता आज सम्म भएका १३ सय ८३ वटा घटनामा परि उनीहरुको मृत्यु भएको राष्ट्रिय पिवद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले जनाएको छ । नेपालमा यस वर्ष मनसुनको समयमा विपद्का घटनाबाट झण्डै १८ लाख जनसंख्या कुनै न कुनै रुपमा प्रभावित हुुन सक्ने आँकलन गरिएको छ ।