धनकुटा बजारमा खानेपानी आपूर्तीमा समस्या
- धनकुटाबाढी पहिरोले मुहान र पाइपलाइनमा क्षति पु¥याएपछि धनकुटा बजारमा वितरित खानेपानी आपूर्तीमा समस्या भएको छ ।
सदरमुकाम धनकुटा बजारका बालमन्दिर, तल्लोकोप्चे, माथिल्लोकोप्चे, हुलाकटोल, सिरानबजार लगायतका क्षेत्रमा चारदिन यता खानेपानी आपूर्ति नियमित हुन सकेको छैन ।
निरन्तरको वर्षासँगै आएको बाढीले धनकुटा बजारमा ल्याइएको खानेपानीको निबुवा र तांखुवाखोलाका केहि मुहान पुरेको र केहिको पर्खाल बगाएको छ ।
यस्तै कैलेनी र चिउरीबोटेमा पहिरो खस्दा पाइपलाइनमा क्षति पुगेको छ ।