लुम्बिनी प्रदेशले पुरक बजेट ल्याउँदैनः मुख्यमन्त्री आचार्य
-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पुरक बजेट नल्याउने बताउनु भएको छ । चालु आर्थिक बर्षका लागी स्वीकृत बार्षिक कार्यक्रमहरुको पूर्ण कार्यान्वयनको लागी सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिँदै छुटेका योजनाहरुलाई अर्काे आर्थिक बर्षमा समेट्न सकिने बताउनु भएको हो ।
बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी लगायत सरोकारवालाहरुसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रुपमा आउन पनि आग्रह गर्नुभयो । अघिल्लो सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले आचार्यले बजेट बनाउनु भएको थियो ।