उत्पादन बेच्न चिनियाँ सीमावर्ती बजार ताक्लाकोटमा नेपाली व्यापारी
- दार्चुलादार्चुलास्थित चिनियाँ सीमावर्ती बजार ताक्लाकोटमा व्यापारिक प्रयोजनका लागि नेपालीहरु त्यसतर्फ गएका छन् ।
कोरोना महामारीको समयमा बन्द भएको व्यापार पुन खुला भएसँगै केहि दिन अघि नेपाली व्यवसायी सो क्षेत्रतर्फ गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । परम्पारगत रुपमा तांक्लाकोट बजारमा व्यापार गर्दै आएका ब्यासका स्थानीय ३७ जना व्यापारी ताक्लाकोटतर्फ गएका हुन् ।
मौसमी रुपमा व्यापार हुने सो क्षेत्रमा चिनियाँ उपभोक्ताले नेपलमा उत्पादन भएका मिश्री, गुड, फापरको पिठो, जौ, आलु, मुला लगायत उत्पादनको खरिद गर्ने गर्दछन् । जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरु बन्दोवस्तीका सामानसहित व्यापार गर्न ताक्लाकोट गएका हुन् ।
कोरोना भाइरस संक्रमणपछि बन्द रहेको टिंकर नाका खुला भएसंगै पहिलो पटक गत साउन ४ गते ब्यास गाउँपालिक १ छाङ्गरु र टिंकरका २७ जना व्यापारी ताक्लाकोट गएका थिए । मौसमी व्यापारका लागि ताक्लकोट गएका स्थानीय व्यापारी मंसिर महिना सम्म सो क्षेत्रमा बस्ने गर्दछन् ।