गण्डकी प्रदेश सभा बैठक भदौ २६ गते बस्ने
- काठमाडौंसरकार फेरबदलका कारण प्रभावित बनेको गण्डकी प्रदेश सभाको बैठक भदौ २६ मा बस्ने भएको छ ।
गत असार १८ मा बसेको प्रदेश सभाको बैठक दुई महिनापछि बस्न लागेको हो । असार अन्तिममा बसेको बैठकले गण्डकी सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरेको थियो ।
सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते बैठक आह्रवान गरिएको जानकारी दिनुभयो । गण्डकी प्रदेश सभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी दुई वटा विधेयक छलफलमा छन् ।
सरकारले केही दिनअघि मात्रै साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।