बर्दियामा नदी स्तर बढ्यो
- बदिैयाबर्दियास्थित बबई नदीमा जलसतह बढेपछि तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बुधवार राती देखि लगातारको वर्षाले बबई नदीको जलसतह आज विहानसम्म ५ दशमलव २५ मिटर माथि पुगेको छ ।
बबईमा ६ दशमलव ८० मिटर पुग्न साथ गाउबस्ती डुवानको जोखिममा पर्ने गरेको छ ।
नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको भन्दै तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।
यता कर्णाली नदीमा पनि पानीको बहाब उच्च बन्दै गएको छ । नदीमा माछा मार्ने,दाउरा बटुल्ने काम नगर्न स्थानीवासीलाई सचेत गराइएको छ ।