पाँच दिन देखी बझाङमा विद्युत सेवा अवरुद्ध
- काठमाडौंपाँच दिन देखी अवरुद्ध भएको बझाङको विद्युत सेवा अझै सुचारु हुन सकेको छैन । विद्युत अवरुद्ध भए सँगै सदरमुकाम चैनपुरमा खानेपानीको समेत हाहाकार हुन थालेको स्थानियको भनाई छ ।
गत बुधबार जयपृथ्वी नगरपालिकाको तमैल नजिक आएको पहिरोले पोलमा क्षती पु¥याएपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, बझाङ वितरण केन्द्रले जनाएको छ । विद्युत अभावमा पानी तान्ने मोटरहरु संचालन हुन नसक्दा सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ ।
विद्युत नहुँदा मोवाइल समेत चार्ज गर्न नपाएर स्थानियबासीको सञ्चार सम्पर्क टुटेकोछ ।