गोकर्णेश्वरको स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री सार्वजनिक
- काठमाडौंकाठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री सार्वजनिक गरेको छ । शिक्षा दिवसको अवसरमा नगरपालिकामा आयोजित एक समारोहमा सो भिडियो सामग्री सार्वजनिक गरिएको हो ।
विद्यार्थीको ज्ञान, सीप र क्षमता थप विकास गर्ने उद्देश्यले कक्षा १ को स्थानीय पाठ्यक्रमको भिडियो सामग्री सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले नगरपालिका भित्र सञ्चालित पेशा, व्यवसाय, धार्मिक तथा पर्यटकीय स्थलबारे विद्यार्थीलाई दृश्य मार्फत सिकाउने उद्देश्यले सो पहल गरिएको बताउनुभयो ।
शिक्षा क्षेत्रलाई प्रविधिसँग विस्तार गर्ने योजनामा अनुसारनै डिजिटल पाठ्यक्रमको अवधारणा अघि सारिएको नगरपालिकाले जनाएको छ ।
यस्तै, अन्य कक्षाका स्थानीय पाठ्यक्रमलाई समेत क्रमश भिडियो सामग्रीमा रुपमान्तरण गरिने नगरपालिका प्रमुख रिसालले बताउनुभयो ।
यसैबीच, नगरपालिका भित्र शिक्षामा योगदान पु¥याउने व्यक्तित्व तथा माध्यामिक शिक्षा परीक्षा एसईइ र कक्षा १२ को परीक्षामा उत्कृष्ट गे्रड ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।