राष्ट्रिय

३६ औं एसिक सम्मेलन आजबाट सुरु

- केएफएम डेस्ककाठमाडौं

एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरूको भेला एसिक सम्मेलन नेपालमा आजबाट सुरु भएको छ ।

३६ औं एसिक सम्मेलन ३० वर्षपछि नेपालमा आयोजना गरिएको हो ।

काठमाडौंमा भएको एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलनमा ती देशका सरकारी निकायका प्रतिनिधी सहभागी भएका छन् ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायहरूले आ–आफ्ना देशको अनुभवसहित सरोकारवालाबीच छलफल गर्ने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताउनु भयो ।

यसपटक नवप्रवर्तनको विषयलाई सम्मेलनमा प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।