मेडिकल व्यवसायि दुर्गा प्रसाई पक्राउ
- काठमाडौंप्रहरीले मेडिकल व्यवसायि दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । प्रसाईलाई भक्तपुरस्थित उनको घरबाट.पक्राउ गरिएको प्रहरीको साइबर व्युरोले जनाएको छ ।
प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐन विरुद्धको काम गरेको आरोपमा लागेको छ ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार एक महिलाबाट दुईजनाबीचको कुराकानी सार्वजनिक गरेको भन्दै एक साताअघि साइबर ब्युरोमा प्रसाईविरुद्ध जाहेरी परेको थियो ।