राष्ट्रिय

पहिरोले हेटौंडा–काठमाडौंका जोड्ने सबै सडक अवरुद्ध

- प्रताप विष्टहेटौंडा

हिजोदेखिको अविरल पछि आएको बाढी पहिरोका कारण हेटौंडा काठमाडौंका सबै सडक मार्ग अवरुद्ध भएको छ । 

वर्षापछि खसेको पहिरोले त्रिभुवन राजपथ, कान्तिलोकपथ, कुलेखानी फाखेल, कुलेखानी सिस्नेरी सडक आज बिहानदेखि अवरुद्ध भएको हो । 

त्रिभुभवन राजपथको दामनमा पहिरो खसेर रुख ढलेको, कुलेखानी सिस्नेरी र कुलेखानी फाखेलको सडकको विभिन्न स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । 

यसैगरी कान्तिलोकपथको भट्टेडाँडा लगायत विभिन्न स्थानमा पहिरोले बिहीबारदेखि सडक खण्ड बन्द रहेको थियो । 

हेटौंडाबाट काठमाडौं जाने सबै सडकमार्ग अवरुद्ध भएकाले सवारी साधन र यात्रु अलपत्रमा परेका छन् । हेटौंडा प्रहरीले अहिले राजधानी प्रवेश गर्ने सवारी साधनलाई जोखिम हुने भएकोले प्रवेशमा रोक लगाएको छ ।