राष्ट्रिय

बागमती खोलाको किनार तीन वटा शव फेला

- प्रताप विष्टहेटौंडा

मकवानपुरको बकैया गाउँपालिंका–१० मन्थलीस्थित बागमती खोलाको किनारमा तीन वटा शव फेला परेको छ । 

स्थानीय बासिन्दाहरुले बागमती खोलामा माछा मार्न जाने क्रममा सो शव देखेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो । 

उहाँका अनुसार तीन वटा शव मध्ये एउटा महिला र दुई वटा पुरुषको रहेको छ । तीन वटा शवलाई त्यहाँबाट हेलिकप्टर मार्फत काठमाडौं लैजान गृह मन्त्रालयसँग समन्वय भईरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । 

सो शव शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले काठमाडौंबाट बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।