राष्ट्रिय

मंगलबार राती दाउन्ने सडक बन्द गरेर मर्मत गरिने

- नवीन पौडेलपरासी

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक मर्मतका लागि आज रातीदेखि भोलि बिहान ५ बजे सम्म सडक बन्द गरिने भएको छ ।

गत सोमबार दिउँसो सडक भासिएर यातायात अवरुद्र भएकोमा सामान्य मर्मत गरेर आज बिहान बाट सडक संचालनमा ल्याइएको थियो ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सूचना जारी गरेर आज राती १० बजे देखि भोलि बिहान ५ बजे सम्म अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको हो ।

वर्षा पुन: भएमा अहिले निर्माण भएको डाइभर्सन बगाउन सक्ने भन्दै सडक बन्द गरेर मर्मत गर्न लागिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।