राष्ट्रिय

अबका निर्वाचनमा माओवादी केन्द्र एक्लै लड्छः अध्यक्ष दाहाल

- केएफएम डेस्ककाठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।

दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले आज गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले  विगतमा काँग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर हुन पुगेको उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । अध्यक्ष दाहालले आगामी निर्वाचनमा एक्लै जित्ने गर्ने तयारी थाल्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।