राष्ट्रिय

भुटान भ्रमण सकेर पूर्वराजा शाह स्वदेश फिर्ता

- केएफएम डेस्ककाठमाडौं

पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।

भुटानी राजपरिवारको निम्तोमा पूर्वराजा शाह परिवार र सचिवालयका केही सदस्यसहित चार दिनअघि भुटान भ्रमणमा जानुभएको थियो । स्वदेश फर्किनुअघि पूर्वराजा शाह र भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकबीच हिजो भेटवार्ता भएको थियो ।

भेटमा पूर्वराजा शाहकी छोरी प्रेरणा र भतिजी शिताष्मा शाह समेत सहभागी थिए । भ्रमणका क्रममा पूर्वराजा शाहले थिम्पुस्थित पञ्चकन्या मन्दिरमा पूजाअर्चना समेत गर्नुभएको थियो ।