राष्ट्रिय

राजवंशी युवा समितिको केन्द्रीय अध्यक्षमा अर्जुन राजवंशी चयन

- रेडियो कान्तिपुर संवाददाताझापा

राजवंशी युवा समितिको केन्द्रीय अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत चयन हुनु भएको छ । राजवंशी समाज विकास समितिले मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको एक कार्यक्रममा सञ्चारकर्मी समेत रहेका राजवंशी समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । 

राजवंशी समाज विकास समितिको विधान अनुसार मनोनित समेत गरी २५ सदस्यीय युवा समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, सचिवमा कपिलदेव र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशी सर्वसम्मत चयन भएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो । 


युवा समितिको सदस्यमा हेमनारायण राजवंशी, भरत राजवंशी, रोजिन राजवंशी, रितेश राजवंशी, टंक राजवंशी, सरोज राजवंशी, सतिस राजवंशी, अभिषेक राजवंशी, मेघा राजवंशी, अर्जुन राजवंशी, हरदेव राजवंशी, हृदयनन्द राजवंशी, करण राजवंशी, शंकर राजवंशी र नरेश राजवंशी सर्वसम्मत चयन हुनु भएको छ । 


भेलाले २२ सदस्यीय समिति चयन गरेको हो । अन्य ३ जनालाई केन्द्रीय समितिको बैठकले मनोनीत गर्ने राजवंशी समाज विकास समितिले जनाएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाण पत्र वितरण गरिएको छ । 

सो अवसरमा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको पुस्तक विमोचन गर्नुभयो । कार्यक्रममा झापा, मोरङ, सुनसरी र काठमाडौंमा बसोबास गर्दै आएका राजवंशी सहित बुद्धिजीवीहरुको उपस्थित थियो ।