सल्यानको कालिमाटी–दम्दवाली सडक तीन महिनापछि सञ्चालन
- काठमाडौंसल्यानमा अवरुद्ध भएको कालिमाटी–बालुवा–दम्दवाली सडक तीन महिनापछि सञ्चालनमा आएको छ ।
वर्षा रोकिए लगत्तै स्थानीय पालिकाले टेण्डर गरी ठेकेदार मार्फत मर्मतको काम गर्न लगाएपछि अवरुद्ध सडक तीन महिनापछि सञ्चालनमा आएको हो ।
वर्षाका कारण कालिमाटी–बालुवा–दम्दवाली सडक गत असार १८ गतेदेखि पुर्ण रुपमा अवरुद्ध भएको थियो । सडक सञ्चालनमा आएपछि स्थानीय घर नजिकैबाट गाडीमा आउजाउ गर्न थालेका छन् ।