राष्ट्रिय

सर्वाजनिक बिदामा पनि बैंक वित्तीय संस्था खुल्ने

- केएफएम डेस्ककाठमाडौं

दशैंमा सर्वाजनिक बिदाका दिनमा पनि बैंक वित्तीय संस्था खुला हुने भएको छ ।

वाणिज्य बैंकहरु दशैंका बिदाका दिनमा पनि सञ्चालन हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

सरकारले औपचारिक आग्रह नगरेपनि आम सर्वसाधरणको सुविधालाई मध्य नजर गरेर सबै बैंकहरु खुल्ने बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो ।

बैंकको शाखा दुई सिफ्टमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाईएको छ ।

पहिलो सिफ्टमा बिहान साढे ९ देखि मध्याह्न १२ र दोस्रो सिफ्ट मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म वित्तीय कारोवार गर्न सकिने गरी बाणिज्य बैंकहरुले व्यवस्था गरेका छन् ।

यद्यपि, पछिल्लो समय डिजिटल बैंकिङ कारोबारको बढ्दै गएकाले भौतिक उपस्थिति भने कम हुँदै गएको छ ।