राष्ट्रिय

आज विश्व मानसिक दिवस

- केएफएम डेस्ककाठमाडौं

विश्व मानसिक दिवस चेतनामुलक कार्यक्रम गरी नेपालमा पनि आज मनाइदैछ ।

यो कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने समय हो नारासहित विविधि कार्यक्रम गरि यो दिवस मनाउन लागिएको हो ।

पेशागत उमेर समूहमा रहेका १५ प्रतिशत व्यक्ति एन्जाइटी या डिप्रेसन जस्ता कुनै नै कुनै मानसिक रोगका कारण पीडित रहेको एक अध्ययनले देखाएको छ ।

बेरोजगार व्यक्ति र अस्वस्थ्यकर एवं अनिच्छित कार्य गर्न बाध्य व्यक्तिहरुमा मनोसामाजिक समस्या अधिक रहेको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

पेसागत संलग्नताका कारण व्यक्तिगत दैनिकीसँगै पारिवारिक सामाजिक गतिवधि, व्यक्तित्व एवं आत्मसम्मान मा समेत प्रभाव पार्ने विज्ञको भनाई छ ।

आर्थिक मन्दी, प्राकृतिक प्रकोप, बेराजगार, द्धन्दका कारण पनि मानसिक समस्या देखा पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने चिकित्सकले बताएका छन् ।