राष्ट्रिय

पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षको उमेरमा निधन

- रमेशकुमार पौडेल

पूर्व भूमिसुधारमन्त्री तथा सिपि मैनाली नेतृत्वको नेकपा मालेका स्थायी कमिटि र परामर्शदात्री सदस्य डम्बर श्रेष्ठको ७३ वर्षको उमेरमा आज चितवनमा निधन भएको छ ।

क्यान्सरबाट पीडित श्रेष्ठको भरतपुर महानगरपालिका–९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठ २०६६ सालमा गठित माधवकुमार नेपाल नेतृत्वको सरकारमा भुमिसुधार मन्त्री हुनु भएको थियो ।

श्रेष्ठ २०४८ सालमा नेकपा एमाले चितवनको जिल्ला समितिका सचिव पनि हुनुभएको थियो ।