राष्ट्रिय

गौशाला धर्मशाला विवादः निर्णय कार्यान्वयन नगर्न सरकारको निर्देशन

- केएफएम डेस्ककाठमाडौं

सरकारले गौशाला धर्मशालासम्बन्धी विवादको निरुपण गर्न तयारी गरेको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालययले आज सूचना जारी गर्दै आगामी आइतबारका लागि बैठकमा उपस्थित हुन पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिलाई आह्वान गरेको हो ।

क्षेत्र विकास कोष सञ्चालक समितिको गत असोज २० गतेको बैठकले धर्मशाला सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेसँगै विवाद हुँदै आएको छ ।

मन्त्री बद्री पाण्डेको निर्देशन अनुसार सार्वजनिक भएको सूचनामा अर्को निर्णय नहुँदासम्म सञ्चालक समितिले गरेका निर्णय कार्यान्वयन स्थगित गर्न क्षेत्र विकास कोषको ध्यानाकर्षण गराइएको छ ।

पशुपति क्षेत्र विकास कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो ।

यसअघि धर्मशाला सञ्चालन गर्दै आएको आएको मारवाडी सेवा समितिले भने क्षेत्र विकास कोषले गरेको निर्णयलाई लिएर विरोध जनाएको छ ।