राष्ट्रिय

हेटौंडा काठमाडौं जोड्ने दुई सडकखण्ड ३ दिनको लागि बन्द

- केएफएम डेस्ककाठमाडौं

हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीका दुई वटा सडक आजदेखि ३ दिनको लागि बन्द गरिएको छ । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेकोले हेटौंडालाई काठमाडौं जोड्ने सडक ३ दिन सडक बन्द गरिएको हो ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडाबाट कुलेखानी–फाखेल र सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकको विकल्पमा अन्य बाटो प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ । वैकल्पिक बाटोको रुपमा हेटौंडा–भैसे पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न सकिने प्रहरीले सुझाएको छ । 

गत असोज ११ र १२ गतेको अविरल वर्षाले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा क्षति पुगेको थियो । दशैंको लागि वकैल्पिक बाटो बनाएर सो रुटलाई सञ्चालन गरिँदै आएको थियो ।