राष्ट्रिय

खोटाङमा जिपबाट खसेर घाइते भएका बालकको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

खोटाङमा जिपबाट खसेर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय बालक हेमन्त बस्नेतको मृत्यु भएको छ । 

दिक्तेल–खानीडाडाँ सडक खण्डको शिद्धेश्वर गुफामा गएराती सडकमा खसेर घाइते भएका बस्नेतको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो ।

 जिपमा चढेर खाल्ले जाँदै गर्दा सडकमा खसरे घाइते भएका बस्नेतको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ लैजाने क्रममा हलेसी तुवाुचङ नगरपालिका–५ दुर्छिममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । जीप र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।