राष्ट्रिय

सुर्खेत जुम्ला सडक खण्डमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

कर्णाली राजमार्ग अन्तगर्त सुर्खेत जुम्ला सडक खण्डमा पर्ने खल्लागाडमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेत आउँदै गरेको ट्रक कालिकोटको तिलागुफा नगरपालिका ५ खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका ट्रक चालको सनाखत हुन नसकेको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।