राष्ट्रिय

संक्रमणकालीन न्याय सम्वन्धि आयोगका पदाधिकारी सिफारिस समिति पुनर्गठन

- केएफएम डेस्ककाठमाडौं

सरकारले संक्रमणकालीन न्यायसँग सम्वन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिलाई पुनर्गठन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूसँगको समझदारी बमोजिम संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरूलाई टुङ्गोमा पु¥याउन ऐनबमोजिम मन्त्रिपरिषद् बैठकले सिफारिस समिति पुनर्गठन गरिएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् । सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगबाट तोकिएका एक जना सदस्य रहनेछन् ।