राष्ट्रिय

अदालतले न्याय दिनेमा विश्वस्त छुः सभापति लामिछाने

- केएफएम डेस्ककाठमाडौं

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

झुटा मुद्दामा निर्दोष व्यक्तिलाई फसाइएको भन्दै रास्वपा सभापति लामिछानेले वर्तमान सरकार रहेसम्म झुटा मुद्दामा फसाउने क्रम चलिरहने आरोप समेत लगाउनुभयो ।

यता, सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार सरकारले कारबाही अघि बढाएको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता मन्त्री गुरुङले संसदीय समितिको प्रतिवेदन उपर सरकारले आवश्यक थप अनुसन्धानसँगै कारबाही अघि बढाएको बताउनुभएको हो ।