राष्ट्रिय

उड्डयन प्रणालीको विकास गर्न सरकारद्वारा सुझाव समिति गठन

- केएफएम डेस्ककाठमाडौं

सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवलाई तोकिएको छ ।