राष्ट्रिय

माओवादी केन्द्र सरकार गिराउने र बनाउने पक्षमा छैनः अध्यक्ष दाहाल

- डिबी बुढाजुम्ला

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आफूहरु सरकार गिराउने र बनाउने पक्षमा नरहेको बताएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित गोरूचौरमा आयोजित कार्यक्रमा सहभागी हुन पुगेका सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका पुष्प कमल दाहालले आफूहरुको ध्यान सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताउनुभएको हो ।

आफ्नो पार्टी अहिले जनताका समस्या सुन्ने र संगठन बलियो बनाउनेमा केन्द्रीत भएको दाहालको भनाई छ । नेत्र विकाम चन्द नेतृत्वको नेकपासँग छिट्टै एकता हुने हुने बताउँदै दाहालले आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्र २०६४ कै जनमतमा फर्किने दाबी गर्नुभयो ।

फरक प्रसँगमा अध्यक्ष दाहालले पहिलो र दोस्रो शक्तिलाई प्रतिपक्षमा बस्न बाध्य पार्नु संघीयता विपरित हुने बताउनुभयो। वर्तमान सरकार भ्रष्टाचारीलाइ संरक्षण गर्न लागि परेको दाहालको आरोप छ ।