राष्ट्रिय

नेपालमा तीन महिनामा ३ खर्ब ९० अर्बको वस्तु आयात

- केएफएम डेस्ककाठमाडौं

भन्सार विभागले चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढीको वस्तु आयात भएको जनाएको छ ।

विभागले जारी गरेको सुचना अनुसार साउन, भदौ र असोजमा गरी ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको हो । गत आर्थिक वर्षको तुलनामा यसवर्षको सो अवधीमा आयात ४ दशमलव १७ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष ८० ÷८१ को तीन महिनाको तुलनामा यसवर्षको हाल सम्म निर्यात ६ दशमलव ११ प्रतिशतले घटेको विभागको तथ्यांक छ । यस वर्षको साउन, भदौ र असोजमा गरी कुल ३८ अर्ब ३७ करोड रूपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रूपैयाँको वस्तु निर्यात भएको थियो । यसैबीच आयत र निर्यात दुवै घट्दा व्यापार घाटा ३ दशमलव ९६ प्रतिशतले घटेको छ । व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड रूपैयाँ पुगेकोसरकारी तथ्यांक छ ।