राष्ट्रिय

रास्वपा नेता–कार्यकर्ताको सडक प्रदर्शनलाई लिएर सत्तारुढ दलको आपत्ति

- केएफएम डेस्ककाठमाडौं

सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि कानूनी प्रक्रिया चलिरहेका बेला सो पार्टीका नेता–कार्यकर्ताले गरेको सडक प्रदर्शनलाई लिएर सत्तारुढ दलले आपत्ति जनाएका छन् ।

बालुवाटारमा आज बसेको सत्तारुढ दलको बैठकले रास्वपाको प्रदर्शनले कानुनी शासनलाई प्रभाव पारेको भन्दै भीड जम्मा गरेर प्रदर्शन गर्नु उचित नभएको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले संसदमा सर्वसम्मतिमा पारित भएको प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा सडकबाट प्रश्न उठाउनु उचित नभएको बताउनुभयो । उहाँले भन्नुभयो–