राष्ट्रिय

लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस्ः सहकारीपीडित

- केएफएम डेस्ककाठमाडौं

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् ।

पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीले अनुसन्धान प्रभावित गर्न नहुने मागसहित आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् ।

रास्वपाले सभापति लामिछानेको बचाउमा घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध कदम चालेकोे विज्ञप्तिमा उल्लेख छ ।