राष्ट्रिय

भैरहवा विमानस्थलमा उडान गर्ने जजिरा र फ्लाइ दुबइ एयरलाइन्सको तयारी

- केएफएम डेस्ककाठमाडौं

भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स र फ्लाइ दुबइ एयरलाइन्सले उडानको तयारी गरेका छन् । 

विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीका अनुसार जजिरा एयरलाइन्सले यही कार्तिक १२ गतेदेखि सातामा तीनवटा र फ्लाइ दुबइले कार्तिक २४ गतेदेखि दैनिक एउटा उडान गर्ने तयारी गरेका हुन् । 

दुवै वायुसेवा कम्पनीले भैरहवाबाट उडान भर्न आवश्यक सबै तयारी पूरा गरी टिकट प्रकृयामा जुटिरहेको उहाँको भनाइ छ । 

अन्य वायुसेवा कम्पनीले पनि भैरहवाबाट उडान सञ्चालन गर्न चासो देखाएको उहाँको भनाई छ । जजिरा एयरलाइन्सले कुवेतबाट सिधा भैरहवा उडान भर्ने तयारी गरेको हो ।