सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
- बझाङबझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत जालेबगरमा खसेको सुख्खा पहिराले सडक अवरुद्ध भएको छ ।
आज बिहानदेखि सो स्थानमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा मुख्य राजमार्गमा चल्ने ठूला तथा साना सवारीसाधन समेत ठप्प भएको छ ।
सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भएपनि पहिरो झर्न नरोकिँदा समस्या भइरहेको प्रहरीले जनाएको छ ।