राष्ट्रिय

सर्वोच्च अदालत तिहार बिदामा पनि खुला हुने

- केएफएम डेस्ककाठमाडौं

तिहार पर्वको बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ ।

 तिहारको बिदामा पर्सि शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

सर्वोच्च प्रशासनले जारी गरेको सूचनामा भोली देखि १९ गतेसम्म अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम सो अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उल्लेख छ ।