काँग्रेस उपसभापति गुरूङमाथि पनि छानबिन हुन्छः गृहमन्त्री लेखक
- काठमाडौंगृहमन्त्री रमेश लेखकले काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुने बताउनुभएको छ ।
प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने दाबी गर्नुभयो ।
सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई छानबिन गरिएको उहाँले बताउनुभयो ।
गृहमन्त्री लेखकले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको जानकारी दिनुभयो ।