प्रजातन्त्रमा आलोचना हुनु स्वभाविकः काँग्रेस सभापति देउवा
- काठमाडौंवर्तमान गठबन्धन सरकारको चौतर्फी आलोचना भइरहेको बेला सत्ता घटक नेपाली काँग्रेसले सरकारको बचाउ गरेको छ ।
काँग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो ।
अरु पार्टीले प्रधानमन्त्रीको काम कारबाहीलाई लिएर गरेको आलोचनालाई आफूले नकारात्मक रुपमा नलिएको उहाँको भनाई छ ।
काँग्रेस सभापति देउवाले एमालेसँगको गठबन्धनमा देशभरका काँग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको समेत दाबी गर्नुभयो । समस्याविहीन कुनै क्षेत्र नभएको भन्दै पार्टीमा आएका समस्या समाधान गर्न आफू तत्पर रहेको उहाँको भनाइ थियो ।
अहिलेको सरकारलाई सफल पार्नका लागि आफूले पहल गर्ने सभापति देउवाले उल्लेख गर्नुभयो ।