अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटना, एकको मृत्यु
- अर्घाखाँचीअर्घाखाँचीको सन्धिखर्कमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा मालारानी गाउँपालिका–७ टिमुरे निवासी २६ वर्षीय चालक नवीन नेपालीको मृत्यु भएको हो ।
मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय नम्बरको कार अनियन्त्रित भई सन्धिखर्क नगरपालिका–११ ढुंगे देउरालीमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतको दिल्लीमा गाडी चलाउने काम गर्दै आएका उनी तिहार मनाउन घरमा आएका थिए ।
आइतबार गाउँबाट सदरमुकाम जाने क्रममा दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । प्रहरीका अनुसार कार सडकबाट आठ सय मिटर तल खसेको थियो ।