४० जनाबाट ५ करोड ठगी गर्ने २ जना कम्बोडीयाबाट पक्राउ
- काठमाडौंवैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै ४० जनाबाट ५ करोड बढी रकम ठगी गरि फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई प्रहरीले इन्टरपोलको सहयोगमा ९ महिनापछि कम्बोडीयाबाट पक्राउ गरि नेपाल ल्याएको हो । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएसँगै फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका १० का सुजन आचार्य र विनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।
उनीहरुविरुद्ध गत वर्षको माघ १९ गते रेड नोटिस जारी भएको थियो ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा उनीहरुलाई गत असोज १ गते कम्बोडियाबाट पक्राउ गरिएको थियो । तर ढिला नेपाल ल्याईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।