साथीले चलाएको बन्दुकले लागेर खोटाङमा एक जनाको मृत्यु
- काठमाडौंखोटाङमा सिकार खेल्न गएका आफ्नै साथीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीका ५८ वर्षीय जगतप्रसाद राईको स्थानीय २५ वर्षीय चेतन राईले हानेको भरुवा बन्दुकको गोलीबाट मृत्यु भएको हो ।
उनीहरू दुबैजना हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न गएको र साथीको गोलीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरलेलले बताउनुभयो । घटनापछि जङ्गलमा लुकेर बसेको चेतनलाई लोकेसन ट्रयाक गरेर पक्राउ गरेको प्रहरीले बताएको छ ।
घटनास्थलमा मृतकले बोकेको लोड गरेको एक नाल भरुवा बन्दुक र चेतनले चलाएको एक नाल फायरिङ भइसकेको भरुवा बन्दुक बरामद गरिएको पोखरेलले बताउनुभयो ।